PC Magar
@pcmgr53Writing since 8 months
म पर्खेर बस्ने होइन… म हरेक दिन अगाडि बढ्नेछु।
- Posts
- 2
- Followers
- 0
- Following
- 2
- Likes
- 10
dCoins164
A Dialogbaaz line
"जीत" भनेको कुनै प्रतियोगितामा वा संघर्षमा बिजयी हुनुलाई जनाउँछ, जस्तो कि एक पटकको सफलता। तर "सफलता" भनेको दीर्घकालीन रूपमा एक व्यक्ति, काम वा जीवनको एउटा उच्च स्तरमा पुग्नु हो, जहाँ निरन्तर प्रगति, अर्थपूर्ण उपलब्धि, र सन्तुष्टि समावेश हुन्छ।
Starring @pcmgr53
A pcmgr53 One-liner
जिवन कस्तो छ भनेर सोच्दा… जिवन एउटा “set” जस्तो लाग्छ… एउटा समुह… जहाँ हामी सबै जोडिएका छौं। जस्तो गणितमा “Universal Set” हुन्छ, त्यसैगरी जिवनमा पनि एउटा ठूलो समुह हुन्छ— जहाँ सबै मान्छेहरू अटाउँछन्। अनि “A”, “B”, “C” जस्ता set हरू जस्तै… मान्छेहरू बिस्तारै जोडिँदै जान्छन्… सम्बन्धहरू बन्दै जान्छन्… र जिवन विस्तारै ठूलो बन्दै जान्छ। केही कुरा “Only A” जस्ता हुन्छन्— जुन केवल मेरो मात्र हुन्छ… मेरो सोच, मेरो भावना, मेरो भित्री संसार… केही कुरा “A ∩ B” जस्ता हुन्छन्— जहाँ दुई जनामात्र सीमित हुन्छन्… सम्बन्ध, विश्वास, र केही खास सम्झनाहरू… अनि केही कुरा “A ∪ B” जस्ता हुन्छन्— जहाँ दुई फरक जीवनहरू मिसिन्छन्… र नयाँ अनुभवहरू जन्मिन्छन्… यसरी… सम्बन्ध, विचार, व्यवहारहरू… कहिले सीमित हुन्छन्… कहिले फैलिन्छन्… तर अन्त्यमा… केही कुरा यस्ता हुन्छन्— जुन सबैमा साझा हुन्छन्… माया… पीडा… आशा… र जिवनको खोज… त्यसैले… जिवन वास्तवमा गणितको “set” जस्तै हो… जहाँ हामी कहिले अलग हुन्छौं… अनि कहिले एउटै समुहको हिस्सा…
Starring @pcmgr53